नमस्कार,

म गुलाब जंग शाह

पोलिटब्युरो सदस्य, कर्णाली प्रदेश अध्यक्ष
नेकपा एमाले

-परिचय-

म सल्यानको बन्गाडमा जन्मिएर २०४० सालमा पहिलो पटक अनेरास्ववियु पाँचौमा आबद्ध हुँदै राजनीतिमा होमिएँ। सल्यानको समग्र विकास र सल्यानी जनताको हितको लागि ने.क.पा एमाले मार्फत निरन्तर राजनीतिक, सामाजिक काम गर्दै आएको छु l

हाल म नेकपा एमालेको पोलिटब्युरो सदस्य र सल्यान जिल्ला इन्चार्जको रूपमा पार्टीको नेतृत्व गरिरहेको छु । गएको २०७४ सालको निर्वाचनमा सल्यानको प्रदेश “क” बाट तपाईँ सल्यानी जनताकै मायाले निर्वाचित भएर क्षेत्र, सल्यान र समग्र कर्णाली प्रदेशको हितमा योगदान गर्ने मौका पाएँ । प्रदेशसभामा निर्वाचित भएर मैले थुप्रै कुराहरू जान्ने बुझ्ने मौका पाएको छु l सिकाइका ती अनुभवको उच्चतम प्रयोग गरेर यसपटक अझै धेरै विकासका कामहरू गर्न सक्नेमा म विश्वस्त छु l यसपटक म प्रदेश “ख” बाट निर्वाचित भएर मूलभूत रूपमा समग्र सल्यानकै विकासमा जोडिन चाहन्छु l

तपाइँहरुकै सल्लाह सुझाव अनुरुप मैले मेरो घोषणापत्र निर्माण गरेको छु र यी सबै कुराहरु पुरा गर्नका लागी तपाइँहरुको साथ आगामी ५ बर्षनै आवश्यक रहेको जाहेर पनि गर्दछु l

म सधैं सल्यानी जनताको नजिक रहेर काम गर्ने प्रतिवद्दता व्यक्त गर्दछु l

Call for Suggestions

सुझाव आह्वान

समग्र सल्यानको विकासका लागी के के गर्न सकिन्छ, निर्धक्क लेख्नुहोस ।
तपाइको सल्लाह सुझावमा हामी मिहिन ढंगले काम गर्नेछौं ।

Watch the Video

Latest News and Articles

समाचार र लेखहरु

कर्णालीमा यसरी जोगाउन सकिन्छ वाम विरासत

सरकारले संघीय र प्रदेश तहको निर्वाचन घोषणा गरेसँगै राजनीतिक दलहरुको बीचमा देखिने र नदेखिने गरी अनेकौं वार्तालाप भैरहेको छ ।

सक्कली वाम: एकै ठाम

कम्युनिष्ट शक्तिको लागि अत्यन्तै उर्बर भूमि मानिएको नेपालमा कम्युनिष्टबीचको आपसी टुटफुट र विग्रहको कारण नेपालको समाजवादी आन्दोलनले संकटको सामना गर्दै

जबजको विरासत जोगाउन सफल एमाले महाधिवेशन

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले केही साताअघि आफ्नो दशौं महाधिवेशन सम्पन्न गरेको छ । नेपालका अन्य दलहरुलाई चकित पार्दै सम्पन्न गरेको
1 2