नमस्कार,

म गुलाब जंग शाह

पोलिटब्युरो सदस्य, कर्णाली प्रदेश इन्चार्ज, नेकपा एमाले
तथा प्रदेश सभा उम्मेदवार कर्णाली प्रदेश, सल्यान (ख)

म सल्यानको बन्गाडमा जन्मिएर २०४० सालमा पहिलो पटक अनेरास्ववियु पाँचौमा आबद्ध हुँदै राजनीतिमा होमिएँ। सल्यानको समग्र विकास र सल्यानी जनताको हितको लागि ने.क.पा एमाले मार्फत निरन्तर राजनीतिक, सामाजिक काम गर्दै आएको छु l हाल म नेकपा एमालेको पोलिटब्युरो सदस्य र सल्यान जिल्ला इन्चार्जको रूपमा पार्टीको नेतृत्व गरिरहेको छु । गएको २०७४ सालको निर्वाचनमा सल्यानको प्रदेश "क" बाट तपाईँ सल्यानी जनताकै मायाले निर्वाचित भएर क्षेत्र, सल्यान र समग्र कर्णाली प्रदेशको हितमा योगदान गर्ने मौका पाएँ । प्रदेशसभामा निर्वाचित भएर मैले थुप्रै कुराहरू जान्ने बुझ्ने मौका पाएको छु l सिकाइका ती अनुभवको उच्चतम प्रयोग गरेर यसपटक अझै धेरै विकासका कामहरू गर्न सक्नेमा म विश्वस्त छु l यसपटक म प्रदेश "ख" बाट निर्वाचित भएर मूलभूत रूपमा समग्र सल्यानकै विकासमा जोडिन चाहन्छु l तपाइँहरुकै सल्लाह सुझाव अनुरुप मैले मेरो घोषणापत्र निर्माण गरेको छु र यी सबै कुराहरु पुरा गर्नका लागी तपाइँहरुको साथ आगामी ५ बर्षनै आवश्यक रहेको जाहेर पनि गर्दछु l म सधैं सल्यानी जनताको नजिक रहेर काम गर्ने प्रतिवद्दता व्यक्त गर्दछु l

Call for Suggestions

सुझाव आह्वान

समग्र सल्यानको विकासका लागी के के गर्न सकिन्छ, निर्धक्क लेख्नुहोस ।
तपाइको सल्लाह सुझावमा हामी मिहिन ढंगले काम गर्नेछौं ।

Watch the video